आजबाट ५५ देखि ६० वर्षसम्मका उमेर समूहलाई खोप लगाइँदै


 


काठमाडौं, असार २९
आजबाट कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन हुँदैछ । खोप अभियान अन्तर्गत आज ९मंगलवार०देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो ।

चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालकरसहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको हो । यस्तै, खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालकरसहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।

हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: २९ असार २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्