भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता


 


काठमाडौं, असार ३०
भारतीय अखबारहरुले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई प्राथमिकता दिएका छन् ।

भारतीय अखबारहरुले देउवाको सत्तारोहणका विषयमा सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको लेखेको छ ।

देउवाले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउँदा पनि भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकोबारे एक्सप्रेसले टिप्पणी गरेको छ । नेपाली कांग्रेस र देउवा भारतका लागि कुनै अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएको एक्सप्रेसले लेखेको छ ।

यस्तै टाइम्स अफ इन्डियाले आफ्नो सम्पादकीयमा नयाँदिल्लीले नेपालको राजनीतिक घटनाक्रमका सम्बन्धमा तटस्थ अडान लिनुपर्ने उल्लेख गरेको छ । सो पत्रिकाले नयाँदिल्लीले सन् २०१५ मा संविधान जारी गरेपछि जस्तो हस्तक्षेप गरेको थियो, त्यसो गर्न नहुने लेखेको छ ।

दि हिन्दुस्तान टाइम्सले नेपालको प्रजातन्त्रलाई न्यायालयले उद्धार गरेको सम्पादकीय प्रकाशित गरेको छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्