अाज कुन-कुन कम्पनीले टन्न कमाए ?


 


काठमाडाैं, कार्तिक ११

दोहोरो अंकले झरेको सेयर बजार पछि सम्हालियएर साढे दुई अंकमाथि उक्लिएको छ। सुरुमा केही हरियो भएपनि बजार लामो समयसम्म रातो भयो। बजार बन्द हुनु केही अघि मात्र सुचकमा सुधार आएर २.४६ अंकको बृद्धि देखिएको छ।

बिमा र अन्य सुचकले बजारलाई हरियो बनाएका हुन्। बिमा १०५ अंकले बढेको छ भने फाइनान्स अन्य र होटलमा सामान्य बृद्धि देखिएको छ। बैंकिङ नगन्य अंकले झरेको छ। जलविद्युत आधा र विकास बैंक ६.३९ अंकले झरेको छ।

दिनभरीमा १३० कम्पनीको ८१ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा वढि किनबेच ६ करोड ३७ लाख र शिखर इन्स्योरेन्स ६ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा जनउत्थान सामुदायिक लघुवित्त र सिभिल बैंकको १० प्रतिशत हाराहारी किनबेच भएको छ। बढि बढ्नेमा मेगा बैकको सेयर पनि छ। पाँच प्रतिशत सेयर मूल्य राप्तिभेरी विकास बैंकको झरेको छ। ब्लुचिप एभरेष्‍ट र स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्य पनि झरेको छ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्