जनता बैंक एक अर्बकाे सेयर जारी गर्दे


 


काठमाडाैं, कार्तिक ११

जनता बैंक नेपालले मंसिर १ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले अहिले कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो।

बैंकले कुल एक करोड तीन लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। बैंकको सेयर पुस ५ गतेसम्म भर्न पाइन्छ। बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ छ।

दुई अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको हकप्रदपछि पुँजी तीन अर्ब नौं करोड रुपैयाँ पुग्ने छ। बैंकले चालु बर्षभित्रै ८ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने छ। त्यसका लागि बैंकले अहिलेसम्म पनि कुनै योजना बनाएको छैन।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्