काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी
![](https://www.deshkonews.com/wp-content/uploads/2021/07/Capture-1.jpg)
काठमाडौं, साउन १०
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।
सार्वजनिक सवारीसाधन सञ्चालनमा आएपनि रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्ट सञ्चालनमा भने कडाइ हुनसक्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
आज दिउँसो चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर यसबारे निर्णय गर्ने पराजुलीले जानकारी दिए ।
प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार