कोरोनाबाट भोजपुरमा एक जनाको मृत्यु


 


भोजपुर, साउन ३०
कोरोना संक्रमणबाट भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका ७ का ८८ वर्षिय बृद्धको कोरोनाबाट मृत्यु भएको हो ।

भोजपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा उपचाररत वृद्धको गएराति मृत्यु भएको हो । कोरोनाबाट भोजपुरमा ९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्