तिलोत्तमा गोल्डकपको उपाधी रुपन्देहीको पोल्टामा


 


भोजपुर, जेठ २५

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक रुपन्देही ११ ले जितेको छ । १८ औ संस्करणको फाईनलमा विभागीय टोली आर्मीलाई ३–१ गोल अन्तरले हराउँदै रुपन्देहीले ५ औ पटक प्रतियोगिताको उपाधी हात पारेको हो ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा एक/शुन्यले पछि परेको स्थितीलाई उल्ट्याउदै रुपन्देहीले जीत आत्मसाथ गर्‍यो । छैटौ मिनेटमा गोल गर्दै टंक बस्नेतले आर्मीलाई अग्रता दिलाए ।

पहिलो हाफ रुपन्देहीलाई दबाबमा राखेको आर्मीले दोस्रो हाफमा सो स्तरको खेल देखाउन सकेन । विभागिय टोलीमाथी हावी हुदै रुपन्देहीले दोस्रो हाफमा लगातार ३ गोल बर्षायो ।

६२ औ मिनेटमा सुजल श्रेष्ठ र ७८ औ मिनेटमा दिपक राईले गोल गर्दै रुपन्देहीलाई २–१ को स्तिथीमा पुर्‍याएका थिए । अतिरित्त छैटौ मिनेटमा सुजलले व्याक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

उपाधीसंगै रुपन्देहीले ३ लाख ७५ हजार प्राप्त गर्‍यो । उपविजेता आर्मीले २ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगितामा ४ गोल गरेका रुपन्देहीका दिपक राई प्रतियोगिताको सर्वोकृष्ट र सर्वाधिक गोलकर्ता घोषित हुदै ८५ हजार रुपैया हात पारे ।

अन्य विधागत तर्फ उत्कृष्ट गोलकिपरमा रुपन्देहीका दिलिप क्षेत्री, डिफेन्डरमा आर्मीमा हिरन मगर, मिडफिल्डमा आर्मीका टंक वस्नेत, फरवार्डमा रुपन्देहीका सुजल श्रेष्ठ र प्रशिक्षकमा रुपन्देहीका प्रकाश मल्ल चुनिए । सबैले १५/१५ हजार रुपैया प्राप्त गरे ।

प्रकाशित मिति: २५ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्