सरकार ढलिहाल्ने अवस्था छैन : शेरधन राई



काठमाडौं, साउन ६
प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले बजारको हल्ला जस्तै आफू नेतृत्वको सरकार ढलिहाल्ने अवस्था नरहेको बताएका छन् ।

मुख्यमन्त्री राईले भने, ‘पार्टी विभाजन भएपछि प्रदेश सरकारमा प्रभाव पर्नु स्वभाविक हरेता पनि पार्टी र सरकारलाई कुनै पनि क्षति, नोक्सानी नहोस भन्नेमा हाम्रो प्रयत्न जारी छ । त्यसैदले हल्ला चलेजस्तो सरकार नढल्ने अवस्था होइन ।’

मुख्यमन्त्री राईले एकाध सांसद नयाँ पार्टीमा गए पनि त्यसको असरले मात्रै सरकार नढल्ने दावी गरेका छन् । उनले भने–‘एमाले टुटफुट, विभाजन आदीइत्यादी सबै भोगेर यो ठाउँमा आइपुगेको हो । त्यसैले मलाई लाग्दैन कि कोही माननियज्यू टुटफुट, विभाजनमा लाग्नुहुन्छ । मलाई विश्वास छ । त्यसैले सरकार नै ढल्ने अवस्था होइन ।’

मुख्यमन्त्री राईले विधि र प्रकृयाअनुसार अन्य दलले सरकार गठनका लागि प्रयास गर्नु गलत नरहेको भन्दै बहुमत दावी गर्दै सरकार बनाउने प्रयत्न भए फेस गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News