कांग्रेसको सदस्यता विवाद अझै टुंगिएन



काठमाडौं, साउन ७
संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले पार्टीका क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुगेको छैन । जसका कारण देशभरका कार्यकर्तालाई अन्योल भएको छ ।

साउन ३० को केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ बाट प्रक्रिया सुरु गरी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो । राजनीतिक दलको महाधिवेशनका लागि संविधानले तोकेको साढे पाँच महिनाको समयसीमा कांग्रेसको हकमा यही भदौ १९ बाट सकिँदै छ । पार्टीको वैधानिकता जोगाउन कांग्रेसले समयसीमाभित्रै प्रक्रिया सुरु गराई तीन महिनापछि केन्द्रीय महाधिवेशन धकेलेको थियो ।

वडा तहको अधिवेशन भदौ १८ मा सुरु गरेर दसैंअघि जिल्ला तहका अधिवेशन सक्ने र त्यसपछि प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको पछिल्लो कार्यतालिका छ । वडा अधिवेशन आउन दुई साता पनि बाँकी छैन । तर, वडा तहका मतदाता रहेका क्रियाशील सदस्यताको सूची महादेवप्रसाद यादवको संयोजकत्वमा गठित निर्वाचन समितिले अहिलेसम्म पाएको छैन ।

क्रियाशील सदस्यता वडा, गाउँ र नगर अधिवेशनका मतदाता हुन्छन् । तीनै सदस्यताबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि क्षेत्र र जिल्लाका मतदाता हुन्छन् । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुनिन्छन् । जुन केन्द्रीय महाधिवेशनका मतदाता रहन्छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News