गण्डकीका मुख्यमन्त्री पोखरेललाई २५ लाख ऋण (सम्पत्ति विवरण)



पोखरा, साउन ९
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार वेबसाइटमार्फत नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गण्डकीमा ११ मन्त्री छन् । युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । कृषि विकास बैंकबाट २०७६ मा उनले उक्त ऋण लिएका थिए । तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा उनले आम्दानी देखाएका छन् ।

पोखरेलसँग पाँच तोला सुन छ भने श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ । मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News