प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त


 


विराटनगर, भदौ १०
प्रदेश नं १ को मुख्यमन्त्रीका नेकपा एमालेका सचिव भीम प्रसाद आचार्य नियुक्त भएका छन् ।

मुख्यमन्त्री शेरधन राईले भीम आाचार्यलाई संसदीय दलको नेतामा प्रस्ताव गरेर दलको नेता चयन गरेपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

आचार्यले आजै दिउँसो सपथ खाएर पदबहाली समेत गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार भने आचार्यले गर्नु भएको छैन् ।

निवर्तमान मुख्यमन्त्री राईले तीन वर्ष छ महिना ७ दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्नु भयो ।

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्