घोडाहा खोला पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



बुटवल, साउन ११
अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ ।

पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका-१२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।

वर्षातका कारण तिनाउ,कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ भन्दै सतर्क रहन प्रहरी र स्थानीय तहले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News