एनसेलको टावरमा तार जडान गर्दा धादिङमा २ जना मजदुरको मृत्यु


 


धादिङ, भदौ १४
धादिङमा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्याङ हालेका थिए । भर्याङ हाल्नेक्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानियबासीले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले पनि घटना भएको पुष्टि गर्दै भने, ‘मृत्यु भएको हो । हामी अहिले यहीँ छौँ । अहिले हामी काम गर्दैछौँ,’ ।

स्थानियबासीका अनुसार अर्का एक जना गम्भिर घाइते भएका छन् । उनलाई स्थानिय अस्पतालमा राखेर उपचार गरिँदैछ । पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति: १४ भाद्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्