आज पनि यी स्थानहरुमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, भदौ १५
नेपालमा मनसुनी वायुको प्रभाव कायम छ। जसका कारण देशका विभिन्न स्थानहरुमा प्रायः दिनहुँ वर्षा भइरहेको छ।

मंगलबार बिहानदेखि पनि देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार देशका अन्य केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/.चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्