आजको मौसम : बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना


 


काठमाडौं, भदौ २३
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाको भनाई छ ।

त्यस्तै राति भने देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्