आज प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूची ?


 


काठमाडौं, भदौ २५
प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रवार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

नवौँ अधिवेशन बुधवार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

त्यस्तै आजै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ ।

प्रकाशित मिति: २५ भाद्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्