४४ करोड ठगी गरेको आरोपमा एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ



काठमाडौँ, असोज १९
४४ करोड ठगी गरेको आरोपमा पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । तामाङलाई ठगी तथा निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सीआइबीले सोमबार साँझ पक्राउ गरेको हो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले बताएको छ ।

सीआइबी हिरासतमा रहेका तामाङले प्रारम्भिक बयानमा आफूले उक्त रकम तिर्ने बताएका छन् । उनी दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसद भएका थिए ।

को हुन् इच्छाराज तामाङ ?
नेकपा (एमाले) बाट राजनीतिक संरक्षण प्राप्त गरेका तामाङ सिभिल ग्रुपका अध्यक्ष हुन् । उनलाई एमालेले संविधानसभा सदस्य नै बनाएको थियो ।

संसदको अर्थसमिति सदस्य मनोनित भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए ।

यसरी उनले राजनीतिको आडमा देशको संवेदनशील क्षेत्रको कानून तर्जुमा प्रकृयामै हस्तक्षेप गर्ने हैसियत बनाएका तामाङ त्यतिबेला आलोचित समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News