चीनसँग कुनै हालतमा झुक्दैनौंः ताइवानी राष्ट्रपति


 


एजेन्सी, असोज २५
ताइवानकी राष्ट्रपति साइ इंग वेनले चीनसँग कुनै हालतमा नझुक्ने र आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्ने बताएकी छिन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनः एकीकरण गर्ने’ भनेको भोलिपल्ट राष्ट्रपति वेनको सो भनाइ आएको हो ।

ताइवानको प्रगतिका कारण चीनले दबाब दिएको उनको भनाइ छ ।

‘हामीले जति प्रगति गर्छौँ त्यति नै हामीमाथि चिनियाँ दबाब बढ्दै जानेछ । ’, ताइवानको राष्ट्रिय दिवसका अवसरमा उनले भनिन् ।

ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्दै आए पनि चीनले आफूबाट छुट्टिएर रहेको एउटा प्रान्त मान्दै आएको छ ।

एक साताअघि ताइवानको हवाई क्षेत्रमा चीनले लडाकु विमान उडाएको थियो । ताइवानको हवाई क्षेत्रमा चीनले १५० भन्दा बढी लडाकु विमान उडाएको थियो ।

सो विषयलाई लिएर अमेरिकाले चीनको बिरोध गरेको थियो । अमेरिकाले चीनलाई काउन्टर दिन ताइवानका सेनालाई एक वर्षदेखि तालिम दिँदै आएको वाल स्ट्रिट जर्नलले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्