९७ बोतल लागुऔषध बरामद



सुनसरी : सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ ।

को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको र चालक र पछाडी सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकल छाडेर भागेका उनीहरूको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

लागुऔषध गिलेनमा ओसारपसार भएको पाइनुलाई नौलो तरिका अपनाएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News