आज कहाँ-कहाँ पर्दैछ पानी ?


 


काठमाडौं, कार्तिक १०
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्