आज पानी पर्ने सम्भावना


 


काठमाडौं, कार्तिक २३
नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्