सर्वोच्चमा आज प्रधानन्यायाधीश राणा र वकिलहरुबीच वारपारको लडाइ



काठमाडौं, कार्तिक २६
सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुबीच वारपारको लडाइ हुने भएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीले कठोर कदम चाल्ने निर्णय गरेको हुनाले आज वारपारको लडाइ हुने निश्चित देखिएको छ । कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने निर्णय गरेको हुनाले वारपारको अवस्था सिर्जना भएको हो ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार नै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराइसकेको बताइएको छ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटमा रोक्ने तयारी गरेका हुन्।

बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो। अमर्यादित नारा र अराजक शैलीमा प्रस्तुत भएपछि कानुन व्यवसायीमाथि प्रहरीले धरपडक गरेको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News