केही न्यायाधीशहरुले गरे इजलास फर्कने सङ्केत, प्रधानन्यायाधीश राणालाई राहत


 


काठमाडौं, कार्तिक ३०
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् ।

कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा बन्दीप्रत्यक्षीकरणका केहीबाहेक मुद्दा सुनुवाइ हुन सकेको छैन ।

पेसी व्यवस्थापन गोलाप्रथाबाट गरिए इजलास फर्कने सङ्केत ती न्यायाधीशहरूले गरेको खबर गोरखापत्रमा छापिएको छ ।

पाँच न्यायाधीश गोलाप्रथाबाट पेसी तोकिए इजलास फर्कने तयारीमा पुगेका हुन् । असन्तुष्ट न्यायाधीशबीच गोलाप्रथाबाट पेसी तोकिए इजलास फर्कने वा नफर्कने विषयमा एकमत नभएपछि पाँच जना भने माग पूरा भए इजलास फर्कने तयारीमा रहेका हुन् ।

न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल उक्त तयारीमा रहेको न्यायाधीश स्रोत बताउँछ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्