एमालेका ३०१ केन्द्रीय सदस्यको सूची तयार



काठमाडौं, मंसिर १२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु मिलाएर थपिएको छ ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राख्नुभएको थियो ।

तर बन्दसत्र रोकेर छलफलमा जुट्नुभएका उहाँले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिनुभएको थियो ।

अध्यक्ष ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिनुभएको हो ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाउनुभएको हो । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News