एमाले महाधिवेशन : मतदान सकियो, कतिबेला आउँछ परिणाम ?


 


चितवन, मंसिर १४
नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहान ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ९५ जनाले मतदान गरेको निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार एक घण्टापछि मत गणना हुने र चार घण्टामै परिणाम आउनेछ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्