मोरङ काङ्ग्रेसको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित


 


विराटनगर, मंसिर १५
नेपाली काङ्ग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । मंगलबार सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा तीन हजार ३६० मत खसेको थियो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी भए । गच्छदारले एक हजार ४२२ मत प्राप्त गरे।

आइतबार सम्पन्न भएको निर्वाचनमा तीन हजार ४१३ मत खसेको थियो । पहिलो निर्वाचनमा लिम्बूले एक हजार ५४४ मत पाएका थिए । गच्छदारले एक हजार १६६ मत र यदुकुमार विष्टले ५६३ मत पाएका थिए ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्