Deshko News
११ आश्विन २०८०, बिहिबार

कांग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित



काठमाडौं, मंसिर १९
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्।

१ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । कांग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्।

पौडेल पक्षबाट उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । यस्तै महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारेका छन् भने सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News