छोरा २५ हजार करोड खेलाउँदै, बुवा गाउँमा घास काट्दै


 


patanjalis-ceosdfg

काठमाडौं, कात्तिक १५

आचार्य बालकृष्णका बुवा जय बल्लभ आजभोली जन्मथलो स्याङ्जाको गाउँमा घाँस काटिरहेका छन् । जहाँ बालकृष्ण भने अर्बौं रुपैयाँका मालिक बनि सकेका छन् ।

कहिले साइकल, कहिले स्कुटरमा चढ्ने तिनै बालकृष्ण आजभोली ३५ लाख भारुको रेंजरोवरमा चढ्छन् ।

अहिले आचार्य बालकृष्ण २५ हजार करोड भारतीय रुपैयाँका मालिक तथा भारतको २५ औं धनी व्यक्ति हुन् ।

आचार्य बालकृष्ण रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् ।

वि.सं. २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा बुवा जय बल्ल्भ र आमा सुमित्रा देवीको कोखबाट जन्मिएका थिए । उनी ३ महिनाकै उमेरमा पुर्ख्यौली घर स्याङ्जा फर्किएका थिए ।

कक्षा ५ सम्म स्याङजकै विभिन्न विद्यालयहरुबाट पढेका उनले १३ वर्षको उमेरमा घर छोडेर फेरि हरिद्वार गए ।

उनले विस्तारै हरिद्धारमा दिव्य फार्मेसी सञ्चालन गरे र त्यही फार्मेसीले गर्दा उनलाई पतञ्जली ग्रुपमा आबद्ध हुन मद्यत मिल्यो ।

प्रायः लुङ्गि र कुर्ताको पोशाकमा देखिने उनी आजभोली सालाना १० हजार करोड रुपैयाँको कारोबार गर्छन् ।

उनकी आमालाई जडीबुटी असाध्यै मन पथ्र्यो । जहिले पनि बालकृष्ण बिरामी हुँदा उनकी आमाले उनको उपचार जडीबुटीले मात्रै गर्थिन् ।

आयुर्वेदलाई बचाउने राजाको रुपमा चिन्ने बालकृष्णले ५० करोड रुपैयाँको सापटबाट पतञ्जलीको कारोबार सुरु गरेका थिए । तर उनले यसलाई बोझका रुपमा लिएनन् ।
त्यस्तै उनको काम पनि बोझ नलिइकनै चल्न सक्यो ।

जसका कारण नै अहिले उनको पतञ्जलीमा ९४ प्रतिशत सेयर रहेको छ ।

पतञ्जलीको सुरुवात सन् २००६ मा बाबा रामदेवको सहयोगमा स्थापना भएको हो ।
जसले श्याम्पु देखि लिएर दन्तमन्जन सम्म सबै थोक बनाउँछ ।

गएको वर्ष ५ हजार करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने आयुर्वेद भारतमा बाबा रामदेवको पतञ्जली बाहेक कसैले पनि गर्न सकेको थिएन ।

नेपालको स्याङ्जा पुर्खौली घर भएका ४४ वर्षिय बालकृष्णसँग रामदेवको पहिलो भेट हरियाणाको गुरुकुलमा आज भन्दा ३० वर्ष पहिले भएको थियो ।

त्यहाँ बालकृष्ण पढ्थे त्यसपछि छिट्टै उनीहरुमा एकअर्काबीच घनिष्ट सम्बन्ध रहन गएको थियो ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्