याे सुन्दर बस्तीकाे किन रिस गर्छन अाङकाजी ?


 


dhurmus-suntali-bastiकाठमाडाैं, कार्तिक १५

अहिले देशमा दुर्इ पात्रकाे खुब चर्चा र स्याबासी चलिरहेकाे छ । ती दुर्इ पात्र हुन् सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली । टेलिभिजनका पर्दा हाेस् वा स्टेज कार्यक्रम सधै दर्शकलार्इ हसाउँदै अाए उनिहरूले । उनिहरूले दर्शक हसाएर अाफ्नाे परिचय त दिएका थिएनै तर यतिबेला भने थप पराेपकारी कामले नेपाली जन जनकाे मन मुटुमा बस्न सफल भएका छन् ।

उनिहरू यति धेरै स्याबासीका पात्र बनेका छन् कि दलहरू सत्ता खिचातानीमा माथापच्ची गरिरहेका बेला उनिहरूले खुरूखुरू सिन्धुपाल्चाेककाे गिरानचाैरमा भूकम्पपीडितका लागि नमूना बस्ति निर्माणमा जुटे । र, शुक्रबार राष्ट्रपतिबाट स्थानीयलार्इ बस्ति हस्तान्तरण समेत गरे ।

राजनीतिले निराश बनेका अाम जनतामा एउटा खुसी भर्ने काम धुर्मुस सुन्तलीले गरे । तर यस्ताे खुसी र स्याबासी काम गरेकाे उनिहरूलार्इ नेपालका एक मानिसले देख्न सकेनन् । ती मानिस हुन् अाङकाजी शेर्पा । शेर्पा नै एउटा यस्ताे पात्र हुन्, जाे कहिल्यै सकारात्मक कुरालार्इ पचाउन सक्दैनन् । र, विवादित बनिरहन्छन् ।

सधै जसाे विवादमा तानिने शेर्पाले गिरानचाैर बस्तिलार्इ पनि सामाजिक सञ्जाल फेसबुकबाट नकारात्मक टिप्पणी गरेका छन् । उनकाे टिप्णीकाे सर्वत्र अालाेचना भइरहेकाे छ ।

सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस-सुन्तलीले बनाएका बस्तीमा बाख्रा पनि बाँध्न नमिल्ने संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका आङकाजी शेर्पाले आरोप लगाएका छन्। उनले धुर्मुस-सुन्तली फाउन्डेसनको प्रयासमा बनेको गिरानचौर नमुना बस्तीको धेरै प्रचार भएकोमा राेष प्रकट गरेका छन् ।

आफ्नो फेसबुक पेजमा फोटोसहितका दुईवटा स्टाटसमार्फत आङकाजीले बस्तीमा बनेका घरमा बाख्रा(भैँसी पनि बाँध्न नमिल्ने भन्दै आलोचनामा उत्रेका हुन्। सधैँजसो नकारात्मक टिप्पणी गरेर आलोचित हुने उनले यो पटक धुर्मुस-सुन्तलीले गरेको राम्रो काममा विरोध जनाएका हुन्।

उनले फेसबुक स्टाटसमा लेखेका छन्, धुर्मुसले भूकम्पपीडितका लागि भैँसी-बाख्रा पाल्न नमिल्ने घर बनाएकोमा यत्रो चर्चा हो, हल्ला खैलाबैला । आफैँले बालुवा इँट्टा बोकेर बौद्ध बनाउनेहरूको ख़बर खै त ?, उनले प्रश्न गरेका छन्, विदेशी अनुदान ६ करोड लिएर ९ लाख पर्ने एउटा घर १ भूकम्पपीडितले भैंसी-बाख्रा पाल्न र सागसब्जी समेत रोप्न नमिल्ने ६५ घर धुर्मुसले बनाएपछि राष्ट्रपतिले उदघाटन गरे ।

बधाई दिए, सन्चारमाध्यमा होहल्ला र खैलाबैला..। फेसबुक स्टाटसमा आङकाजीले भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको बौद्धनाथ ४५ करोड संकलन गरेर बनाउँदा समेत सञ्चारमाध्यमको आँखा नपुगेको आरोप समेत लगाए ।

अाङकाजीले यस्ताे लेखेपछि सामाजिक सञ्जलामा उनकाे व्यापक विराेध भइरहेकाे छ । राजनीतिक दलका नेता कार्यकर्ताहरूबाट भूकम्पपीडितलार्इ हालसम्म केही नभइराखेकेा बेला धुर्मुस सुन्तलीले गिरानचाैरमा नमुनाबस्ति निर्माण गरेपछि सर्वत्र स्याबासी पाउँदै अाएका छन् । तर सधै जसाे सकारात्मक कुरालालार्इ पचाउन गार्हाै मान्दै अाएका अाङकाजीले गिरानचाैर बस्तीलार्इ पनि देख्न सकेका छैनन् ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्