दुबई जाँदै गरेका ७६ नेपालीलाई मध्यराति एयरपोर्टबाटै फर्काइयो



काठमाडौं, साउन २१
दुबई घुम्न जाँदै गरेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई जान लागेका उनीहरुलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको हो।

७६ जना नै ललितपुरको एक सहकारीका शेयर सदस्यहरु रहेका छन्। जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूहलाई जहाज चढ्नुअघि अध्यागन कार्यालयले फर्काइदिएको हो। उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए।

दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट दुबई जान लागेको उनीहरु बताएका छन्। तर भिजिट भिषामा शंका लागेपछि अध्यागमन विभागले उनीहरुलाई रोकेको हो। ती यात्रुहरू जनही १ लाख ७ हजार रुपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै गरेको बताइएको छ।

कालिकास्थानस्थित अध्यागन विभागले ललितपुर महानगरपालिकाको नियमनभित्र पर्ने यो सहकारीका सदस्यहरूले भ्रमण सम्बन्धी कागजपत्र पूरा नभएकाले राति फर्काउनु परेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News