देउवाले पाएनन् बहुमत, दोस्रो चरणमा कोइरालासँग पुनः प्रतिस्पर्धा


 


काठमाडौं, मंसिर २७
नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन्।

त्यसकारण अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे ।

तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । अब आउट भएका उम्मेदवारहरुले कसलाई सहयोग गर्छन् त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्