कांग्रेस महाधिवेशन दोस्रो राउण्डमा प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?



काठमाडौं, मंसिर २७
नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ ।

पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत मात्र पाएका छन् ।

पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याए पनि उनको पक्षमा ५० प्रतिशत मत नपुगेपछि दोस्रो राउण्डमा सबैभन्दा बढी ल्याउने देउवा र शेखरबीच भिडन्त हुने भएको हो । सिंह निधि र गुरुङ भने अबको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन् । ४७ सय ४३ मतदातामध्ये सोमबार भएको मतदानमा ४ हजार ६ सय ८० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News