नेपाल प्रहरीका ३ सय ६७ जना असईको सईमा बढुवा सिफारिस


 


काठमाडौँ, पौष ८
नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

प्रकाशित मिति: ८ पुस २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्