कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी


 


काठमाडौँ, पौष ९
नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापति पक्षका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।

कांग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् ।

सभापतिमा कृष्ण प्रसाद यादव निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।

१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: ९ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्