आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


 


काठमाडौँ, पौष ११
पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।

देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्