जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ



दाङ, पौष १४
दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ । उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुगेका थिए । थकाली होटलमा दुुई महिलासहित पुुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका थिए ।

कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरवाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्नको आशंकामा उनीहरुदाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News