प्रमुख प्रशासकीय अधिकृतसहित जुवाको खालबाट पक्राउ



सुर्खेत, पौष १८
जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ ।

सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ । दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News