काठमाडाैं उपत्यका र तराईमा हुस्सु, दिउँसाे आंशिक बदली हुने

काठमाडाैं, पौष १९
हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन ।
साेमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ । दिउँसाे भने देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: १९ पुस २०७८, सोमबार