सुदूरपश्चिम ह्वात्तै बढे कोरोना सङ्क्रमित



सुदूरपश्चिम, पौष २०
सुदूरपश्चिम प्रदेशमा ह्वात्तै कोरोना भाइरस सङ्क्रमित बढेका छन् । आज एकैदिन यस प्रदेशमा २८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै सङ्क्रमण देखिएको थियो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७७ जनाको नमूना परीक्षण गर्दा २८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत तीन र एन्टिजेनमार्फत २५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र एन्टिजेनमार्फत बैतडीका १२, कैलालीका नौ र कञ्चनपुरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् ।

उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा चार निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News