मधेसी माेर्चाले समर्थन फिर्ता लिने, सरकार धरापमा


 


काठमाडाैं, कार्तिक १६

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष एवम् संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । उनले संविधान संशोधन नभए मुलुक राजनीतिक दुर्घटनामा पर्ने खतरासमेत औंल्याए ।

‘यो महिनाभित्रै संविधान संशोधन हुनैपर्छ, भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं र सशक्त आन्दोलनमा होमिन्छौं,’ भण्डारीले भने । उनले अघि भने, ‘संविधान संशोधन भएन भने मुलुक दुर्घटनामा जान्छ, यसको सबैभन्दा ठूलो प्रभाव ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पर्छ ।’

अध्यक्ष भण्डारीले मोर्चाले अहिलेसम्म सरकारलाई संविधान संशोधनको लागि कुनै समयसिमा नतोकेको उल्लेख गर्दै भने, ‘हामीले समयसिमा तोकेका छैनौं, बरु प्रधानमन्त्री स्वयमले आफै समयसिमा तोक्नु भएको छ, तर जे भएपनि उहाँहरुको लागि यो अन्तिम अवसर हो ।’

प्रकाशित मिति: १६ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्