एमाले भोजपुरमा पार्टी प्रवेशको लहर


 


भोजपुर, पुस २३
भोजपुर नगपालिका –१२ टक्सारको दारेगौडामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टीमा स्वागत गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै एमाले नेता राईले नव प्रवेशीहरुले सहि निर्णय लिएको बताउनुभयो । अब देशको परिर्वतनसँगै विकास गर्ने एक मात्र पार्टी एमाले रहेकोले पार्टीमा प्रवेश गरेकाहरुलाई आफ्नो क्षमता र योग्यताको आधारमा कामको जिम्मेवारी दिइने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो अवको देशको विकास गर्ने पार्टी भनेको एमाले हो । तपाईहरुले जुन निर्णय गरेर एमालेलाई छान्नुभयो यो एकदमै सहि निर्णय लिनुभयो ।’ एमालेले जनताको भावना र आवश्यकताको आधारमा काम गरिरहेको उहाँको भनाई थियो ।

प्रकाशित मिति: २३ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्