लाेकमानबारे खुल्याे रहस्यकाे पर्दा, उनी प्रधानमन्त्री बन्दै थिए !


 


काठमाडाैं, कार्तक १६

अख्तियारका निलम्बित प्रमुख लाेकमानसिं कार्की विरूद्द यतिबेला संसदमा महाभियाेग पत्र दर्ता भएकाे छ । अब के हाेला कसाे हाेला भनेर अाम चासाे ब्यक्त भइरहदा उनिबारे नयाँ नयाँ रहस्यका पर्दाहरू बाहिरिन थालेका छन् । माअाेवादी र एमाललेले अचानक छापामार शैलीमा महाभियाेग दर्ता गरेपछि यसले देशमा ठुलै तरंग उत्तपन्न गरेकाे छ ।

अाखिर किन उनिविरूद्द महाभियाेग ? कार्कीले समानान्तर सरकार चलाएकाे लगायतका दर्जन बढी अाराेपहरू लागेका छन् । साच्चै उनले समानान्तर सरकार चलाएका नै थिए भन्नेहरू स्वर ठुलाे बन्न थालेकाे छ ।

जसकाे छनका सरकारमा रहेका एक शक्तिशाली मन्त्रीले दिउका छन् । रूकुमा पुगेका वर्तमान सरकारका शक्तिशाली एंव केपी अाेली सरकार ढाल्न प्रमुख भूमिका निर्वाह गरेका ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुुपरेको समेत स्थानीयलार्इ बताएपछि यसकाे छनक बाहिर छताछुल्ल हुन थालेकाे हाे ।

नेकपा (माओवादी केन्द्र) रुकुमले मंगलबार यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे । कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ थियो ।

प्रकाशित मिति: १६ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्