सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्टपछि मात्रै भेटघाट गर्ने



काठमाडौं, पौष २५
सत्ता गठबन्धनका नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए ।

शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए । अघिल्लो दिन बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो । मन्त्री कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् ।

सोमबार कोरोना परीक्षण गराउने मन्त्री कार्कीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । नेपालमा पछिल्ला केहिदिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News