एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे



धनगढी, पौष २७
नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् ।

आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए ।

एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन् ।

जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् ।

सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन् ।

उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।

उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News