कांग्रेस नेतृ डिला संग्रौलालाई कोरोना पुष्टि



काठमाडौं, माघ ३
नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

‘पीसीआर परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु’ संग्रौलाले लेखेकी छन्।

कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि संक्रमित छन्। उनले हिजो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘फेरि कोरोनाको संक्रमणमा।’ डिनालाई यस अघि पनि कोरोना संक्रमण भएको थियो।

यस्तै, कांग्रेसका अर्का सहमहामन्त्री किशोरसिंह राठोरलाई पनि कोरोना पोजेटिभ भएको छ। उनलाई हिजो संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News