आकाशमै खुल्यो गुण एयरको ढोका !



काठमाडौं, माघ ३
काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको हवाईजहाज बिचबाटै काठमाडौं फर्काइएको छ ।

बिहान १० बजे पोखराका लागि उडेको जहाज ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । उक्त जहाजको ढोका आकाशमै खुलेको हुनाले काठमाडौं फर्काइएको जनाइए पनि त्यसको पुष्टि भने गुण एयरले गरेको छैन । तर पनि अहिले प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको बताइएको छ।

उक्त जहाजबाट पोखरा जाँदै गरेका एक यात्रुले ‘यात्रु चढ्ने ढोका खुलेको’ बताए पनि एयरलाइन्सले भने त्यसको पुष्टी गरिसकेको छैन ।

उक्त उडानका यात्रुहरुलाई गुणकै अर्को जहाजमा पोखरा पठाइने भएको छ । जहाज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News