सेञ्चुरी क्यापिटलको सिइओमा श्रेष्ठ नियुक्त


 


काठमाडौं, पुस ३०
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्री रमेश कुमार श्रेष्ठ नियुक्त हुनु भएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नु हुनेछ ।

श्री रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उहाँले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गर्नु भएको छ ।

उहाँ संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिनु हुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्