मुम्बईबाट १२ जना नेपाली बालकको उद्धार


 


काठमाडौँ, माघ ७
माइती नेपालले भारतको मुम्बईबाट १२ जना बालक तथा किशोरहरूको उद्धार गरेको छ। उद्धार गरिएकाहरु १३ देखि १८ वर्ष उमेर समूहका छन्।

रौतहटका ७, महोत्तरीका २, कैलाली, धनगढी र कपिलवस्तुका १–१ जना बालकको उद्धार गरिएको हो। उद्धार गरिएकाहरुलाई उनीहरूका अभिभावक बोलाएर जिम्मा लगाइएको माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख संगिता पुरीले जानकारी दिइन्।

उनीहरुलाई मजदुरीका लागि मुम्बई लगिएको थियो। उनीहरुलाई मुम्बईको कुरल रेल्वे स्टेसनबाट भारतीय प्रहरीले उद्धार गरेको थियो। भारतीय प्रहरीले मुम्बईस्थित बाल कल्याण कमिटीको जिम्मा लगाएको थियो।

कमिटीले माइती नेपालसँग समन्वय गरी बालकहरूको स्वदेश फिर्तीको पहल गरेको हो।

प्रकाशित मिति: ७ माघ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्