लकडाउन हुने आशङ्कामा लर्को


 


काठमाडौँ, माघ ७
ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्काे लाग्ने गरेको छ ।

जबकि ओमिक्रोन तीव्र रूपमा फैलिनुअघि दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए । शाखाका प्रमुख हरि निरौलाले अब विदेशमा पनि बन्दाबन्दी सुरु हुन्छ र ढिला गरेमा आफूहरू विदेश जान नपाउने भन्ने डर विद्यार्थीमा देखिएको बताउँदै भने, “यसै डरले केही दिनयता नो अब्जेक्सन लेटर लिनेहरूको भीड दोब्बरले बढेको छ ।”

नो अब्जेक्सन लेटर लिनका लागि बिहीबार ७१७ जनाको आवेदन परेको छ । गत वर्ष करिब ३१ हजारले नो अब्जेक्सन लेटर लिएका थिए भने चालू आर्थिक वर्षमा गत साउनदेखि पुस मसान्तसम्ममा करिब ३० हजारले यस्तो लेटर लिइसकेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ७ माघ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्