सरकारले आगामी चैतभित्र तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने


 


काठमाडौं, माघ १६
सरकारले आगामी चैतभित्र तुइन विस्थापन गर्ने गरी काम गरिरहेको छ । कोरोनाको प्रकोप बढिरहेको बेलासमेत स्वास्थ्य मापदण्ड पूरा गर्दै तुइनको स्थानमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १३१ वटा तुइन विस्थापन गरी ती स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका महानिर्देशक इश्वरचन्द्र मरहट्ठाले बाँकी रहेका झोलुङ्गे पुल निर्माण कार्य धमाधम भइरहेको जानकारी दिए ।

कोरोनाका कारण गत वर्ष भारतको सिमाना जोडिएका जिल्लाको भूभागतर्फ पुल निर्माणका लागि आवतजावत गर्न कठिन भएको थियो । यस वर्ष सबै पुल निर्माण गर्ने गरी विभागले काम गरिरहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्